सबै मन्त्रीले रसुवागढी र सान्जेंनको आइपीओ किन्ने !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2019 | 03:53:18 PM मा प्रकाशित

laxmi  sunrise bank

उर्जा मन्त्री बर्षमान पुनले बैशाख ६ गतेदेखि निष्काशन हुने रसुवागढी र सान्जेंनको आईपिओमा पनि आफुले आवेदन दिने घोषणा गरेका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मलेन मन्त्री पुनले १ हजार कित्ता शेयरको लागि आवेदन दिने बताएका हुन् ।

जनताको जलविद्युत आयोजना अन्तर्गत यी दुई कम्पनीले आईपिओ निष्काशन गर्न लागेका हुन् । यस अघि त्रिशुली जलविद्युत कम्पनीले यस योजना अन्तर्गत आईपिओ निष्काशन गर्दा मन्त्री पुनले २० कित्ता मात्र शेयर पाएका थिए  । अब उनले त्यसलाई १०० कित्ता बनाउने चाहना भएकोले १ हजार कित्ताको लागि आवेदन गर्ने बताएका हुन् । 

साथै उनले सबै मन्त्रीहरुलाई यसमा आवेदन दिनको लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने समेत बताएका छन् । जनताको जलविद्युत योजना अन्तर्गतको पहिलो आईपिओमा प्रधानमन्त्री र उर्जा मन्त्रीले आवेदन दिएका थिए। यस पटक भने अन्य मन्त्रीहरुलाई समेट्ने कोशिस गरिने उनले बताएका हुन् ।  यी आयोजना १ बर्ष भित्र नै सम्पन्न हुने, १५ देखि १७ प्रतिशत मुनाफा दिने आकर्षक आयोजना रहेकोले उनले सबैलाई यसमा आवेदन दिन आग्रह गरेका छन् । 

पत्रकार सम्मलेनमा उनले पत्रकारहरुलाई पनि आवेदन दिन आग्रह गरेका थिए । २ कम्पनीले सर्वसाधारणलाई कुल १ अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपियाँ बराबरको शेयर निष्काशन गर्न लागेका हुन् । 

यो पनि : 

बैशाख ६ देखि सर्वसाधारणको लागि १ अर्ब ५७ करोडको आईपिओ निष्काशन हुदै


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved