लगानीको क्षेत्र खोज्दै १५ फ्रान्सेली कम्पनी नेपालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2019 | 05:04:13 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सेली व्यवसायीहरुबिचको छलफल कार्यक्रममा मन्त्री खतिवडाले लगानी गर्न आग्रह गरेका हुन् । 

उक्त कार्यक्रममा भारत तथा फ्रान्समा लगानी गरिरहेका १५ वटा प्रतिष्ठित फ्रान्सेली कम्पनीका प्रतिनिधहरु सहभागी थिए । कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका खतिवडाले नेपाल बाह्य लगानी आकर्षण गर्नमा सवै हिसावले तयारी अवस्थामा रहेको बताए । साथै नेपालमा लगानीको पूर्ण वातावरण भएकाले निर्धक्क भएर लगानी गर्न फ्रान्सेली कम्पनीहरूलाई आग्रह गरेका हुन् । 

महासंघका अध्यक्ष भवानी राणाले नीतिगत तथा कानुनी सुधार, स्थिर राजनीति भएकोले लगानीको लागी नेपालमा उपयुक्त वातावरण रहेको बताइन् । नेपाल सरकार, राजनीतिक दल र निजि क्षेत्र सबैले बाह्य लगानी भित्र्याउन पहल गरिरहेकोले पनि लगानीको लागी उपयुक्त समय रहेको उनको भनाई छ । 

कार्यक्रममा दिल्लीस्थित फ्रान्सेली राजदूतावासका क्षेत्रीय आर्थिक विभाग प्रमुख एवं मिनिष्टर अफ काउन्सिलर जो मार्क फनेले नेपालमा लगानी विस्तार गर्न फ्रान्सेली लगानीकर्ता इच्छुक रहेको बताए । नेपालमा लगानी सम्मेलन भर्खरै सम्पन्न भएको र नेपाल सरकार पनि यसमा गम्भीरतापूर्वक क्रियाशील रहेकोले आफूहरू लगानीको सम्भाव्यता खोजी गर्न नेपाल आएको उनले बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved