भाडा बढाउन माग गर्दै ट्याक्सी व्यवसायीले बुझाए ज्ञापनपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2019 | 08:59:52 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्याक्सी व्यवसायीहरुले भाडा वृद्धिको माग गर्दै सरकार समक्ष  ज्ञापनपत्र बुझाएका छन। उपत्यकामा ट्‍याक्सी व्यवसायी तथा चालक सेवा समाजले ट्याक्सी भाडा वृद्धिको माग गर्दै यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई ज्ञापनपत्र बुझाएका छन।      

काठमाडौंको बानेश्वर स्थित मिनभवन बिभागको कार्यालयमा बुझाईएको ज्ञापनपत्रमा अहिलेको बजार भाउलाई मूल्यांकन गरेर ट्याक्सी भाडा बढाउन सरकारसंग माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै विभागका महानिर्देशक दाहालले छुट्टै प्राविधिक समिति गठन गरेर एक हप्ताभित्र ट्‍याक्सी व्यवसायीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

ट्याक्सी व्यवसायीहरुले लामो समयदेखि ट्याक्सी भाडा अहिलेको बजार भाऊ अनुसार समायोजन गर्नलाई माग गर्दै 'भद्र' आन्दोलन गरिरहेका छन। उनीहरुले आफ्ना समस्या लेखिएको ब्यानर (प्ले कार्ड) ट्याक्सीको अघिपछि राखेर भद्र शैलीको आन्दोलन गरिरहेका छन। 

आफुहरुले २०६९ सालको मुल्यमा सेवा दिनुपरेको भन्दै २०७५ सालको मुल्य अनुसारको भाडा दर कायम गर्नुपर्ने ट्याक्सी व्यवसायीहरुले माग गर्दै आएका छन।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved