प्रहरी लगाएर वीर अस्पतालमा उपचार सुरु, भित्र जान मानेनन् डाक्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2019 | 01:25:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले वीर अस्पतालमा प्रहरी परिचालन गरेर बहिरङ्गलगायत सेवाका टिकट बिक्री सुरु गराएको छ  । आन्दोलनरत सरकारी डाक्टरहरुले अस्पतालको ओपीडी कक्षमा लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको हो। 

  कानुनअनुसार अत्यावश्यक सेवामा हडतान ल गर्न नपाइने भएकाले बल प्रयोग गरी उपचार सुचारु गरिएको अस्पताल प्रशासनले जनाएको छ । चिकित्सकहरूलाई काममा फर्कन गरिएको आग्रह उनीहरूले अटेर गरेकाले यस्तो कदम चालिएको हो। ताला खुले पनि डाक्टरहरु बाहिरै बसेर बिरामी जांचीरहेका छन्  डाक्टरहरुले आफ्नो कार्यकक्षभन्दा बाहिर आएर बिरामी जाचिरहेका छन् । सामान्य नियमित उपचार भएपनि शल्यक्रिया जस्ता उपचारको काम भने भएका छैनन् । अस्पतालका टेवल, कुर्सी र उपकरणहरु अस्पतालबाहिर ल्याएर विरामी चेकजाँच भईरहेको छ । 

सङ्घीय संरचना अनुसार गरिएको कर्मचारी समायोजनको विरोध गर्दै गत शुक्रवारदेखि सरकारी दरबन्दीका चिकित्सकहरूले आकस्मिकबाहेक अन्य सेवाहरू बन्द गरेका छन्। त्यसले गर्दा देशभरि रहेका सरकारी अस्पतालहरूमा पुगेका बिरामीहरूले नियमित रुपमा उपचार पाउन सकेका छैनन् । 

सरकारी चिकित्सक सङ्घ (गोडान) ले भने सरकारी कदमको बिरोध गरेको छ।  गोडानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने, "सरकारले वार्तामार्फत् समस्या समाधान गर्नुको साटो चिकित्सकमाथि दमन गरेर टिकट बिक्री गराइरहेको छ। त्यसले बिरामीलाई झन् अप्ठ्यारोमा पार्नेछ किनकि हामी कुनै पनि सरकारी कागजपत्रका आधारमा बिरामीको उपचार गर्दैनौँ।" उनले नागरिकको व्यापक गुनासोलाई दृष्टिगत गर्दै आन्दोलनको स्वरूप परिवर्तन गरेर अस्पतालबाहिर बसेर  उपचार गर्ने  बताए। "हामी हाम्रो संगठनको कागजातमा उपचार गर्छौ," उनले भने, "तर समायोजनलाई नसच्याएसम्म हामी आकस्मिक बाहेकका सेवाको काममा फर्कदैनौँ।"


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved