काठमाडौँमा यात्रुलाई १२ शिर्षकमा हजार रुपियाँसम्म जरिवानाको तयारी

दिलिप खड्का

दिलिप खड्का

Apr 11, 2019 | 10:10:53 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौँ महानगरपालिकाले सार्वजनिक यातायातलाइ व्यबस्थित बनाउनको लागि नयाँ ऐन जारि गरेको छ । महानगरले सहरी यातायात सेवामा सर्वसाधारणको सहज र सुबिधाजनक पहुँच सुनिश्चित गर्ने उदेश्यले नयाँ ऐन जारि गरेको जनाएको छ । नयाँ ऐनमा चालक, सहचालक, र यात्रुको दायित्व उल्लेख गरिएको छ । तोकिएका दायित्व तथा नियम पालना नगरे जरिवाना र सजायको ब्यबस्था पनि ऐनमा गरिएको छ ।

ऐनमा यात्रूको लागि एक हजारसम्मको सजाय प्रस्ताव गरिएको छ । जस अनुसार यात्रुले निर्धारित भाडा नतिरि यात्रा गरेमा , अन्य ब्यक्तिको आरक्षित सिटमा बसेमा , टिकट नलिइ कम भाडा तिर्न खोज्ने तथा पुरानो टिकटले यात्रा गर्न खोजेमा र नक्कली तथा म्याद सकिएको परिचयपत्र देखाइ सुविधा लिन खोजेमा पहिलो पटक एक सय तथा दोश्रो पटकदेखि ५ सय जरिवाना हुनेछ ।

त्यस्तै फोहोरमैला फोहोर फ्याँक्ने भाँडोमा नहालि जथाभावि फालेमा, यातायातभित्र मदिराजन्य तथा सुर्तिजन्य पदार्थ सेवन गरेमा, यातायात साधनमा जडान भएका भौतिक साधनमा क्षति गरेमा र अश्लिल शब्द तथा चित्र सवारिमा लेखेमा पहिले पटक ५ सय तथा दोश्रो पटकदेखि एक हजार जरिवाना हुनेछ ।

यातायात भित्र झगडा गर्ने तथा धम्कि दिएमा, यातायातका साधनमा आगो लगाउने तथा सिसा फुटाउने कार्य गरेमा, यौनजन्य दुव्र्यवहार गरेमा, लागुऔषधि प्रयोग गर्ने तथा गर्न उक्साएमा र चोरी गरेमा निजलाइ नजिकको प्रहरी चौकिमा लगेर जिम्मा लगाउने र प्रचलित कानुन अनुसार सजाय गरिने ब्यबस्था ऐनमा रहेको छ ।

नियम पालन नगरेमा चालकलाई पनि जरिवानाको ब्यबस्था गरिएको छ ।

निर्धारित गरेको स्थान बाहेकको स्थानमा सवारी रोकेमा, यात्रुसग अशिष्ट भाषमा कुरा गर्ने तथा पोशाक नलगाइ सवारी चलाएमा , बस स्टपमा निर्धारित समय भन्दा ज्यादा सवारी रोकेमा, जेब्रा क्रसिङमा पैदलयात्रुलाइ प्राथमिकता नदिएमा र जथाभावि हर्न बजाउने चालकलाइ प्रथम पटक २ सय र दोश्रो पटकदेखि ५ सय जरिवाना हुनेछ । त्यस्तै सवारिमा अश्लिल फोटो टाँस्ने , जथाभावि पार्किङ गर्ने र निर्धारित समयमा आफ्नो रुटमा सवारी चलाउन इन्कार गर्ने चालकलाइ प्रथम पटक ५ सय र दोश्रो पटकदेखि एक हजार जरिवाना हुने ऐनमा उल्लेख छ । चालकले मदिराजन्य तथा सुर्तिजन्य पदार्थ सेवन गरि चलाएमा , यौनजन्य दुव्र्यवहार गरेमा र कानुन विपरितका कुनैपनि कार्य गरेमा पहिलो पटक एक हजार जरिवाना हुनेछ । नसुध्रिएको खण्डमा सेवाबाट हटाउन अनुगमन समितिले सिफारिस गर्नेसम्मको ब्यबस्था गरिएको छ ।

ऐनले सहचालकको पनि दायित्व तोकेर पालन नगरेमा जरिवानाको ब्यबस्था गरेको छ । सहचालकले यात्रुसग निर्धारित भन्दा बढि रकम असुलेमा , टिकट दिन इन्कार गरेमा , फिर्ता रकम दिन आलटाल गरेमा , यात्रुसग अशिष्ट भाषा बोलेमा तथा परिचालक पोषाक नलगाएमा पहिलो पटक २ सय र दोश्रो पटकदेखि ५०० जरिवाना हुनेछ । त्यस्तै सवारीभित्र मदिराजन्य तथा सुर्तिजन्य पदार्थ सेवन गरेमा, यौनजन्य दुव्र्यवहार गरेमा तथा कानुन विपरितका कार्य गरेमा पहिलो पटक ५ सय र गल्ति दोहोर्याएमा काम बाट निष्काशन गरिने ब्यबस्था रहेका छन् ।

कात्तिकदेखि माघ मसान्तसम्म सवारि साधनले बिहान ५ देखि राति ९ बजेसम्म सेवा दिनुपर्ने र अरु समय बिहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने महानगरले ल्याएको ऐनमा व्यवस्था गरिएको छ । ऐन स्थानिय राजपत्रमा प्रकाशित गरेर कार्यन्वयनमा ल्याइने महानगरले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved