सरकार पनि 'शेयर पिडीत' , डेढ खर्ब लगानी, प्रतिफल शुन्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2019 | 06:29:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले शेयरमा लगानी गरेवापत गत आर्थिक बर्षमा १७ अर्ब ४२ करोड ९० लाख प्रतिफल पाएको छ  । महालेखा परीक्षकको ५६ औ बार्षिक प्रतिवेदन अनुसार सरकारले  नागरिक लगानी कोषबाट रु.१ करोड ५७ लाखको बोनस सेयर र नेपाल टेलिकम, नेपाल राष्ट्र बैङ्क, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत १३ संस्थाबाट रु.१७ अर्ब ४२ करोड ९० लाख प्रतिफल पाएको हो ।

 ती बाहेक ९७ संस्थामा गरेको लगानी रु.१ खर्ब ५१ अर्ब ८६ करोडबाट कुनै प्रतिफल प्राप्त नभएको प्रतिवेदनमा उल्लेख छ । प्रतिफल पाउन नसकेकोले संस्था सञ्चालन व्यवस्थापनमा  दक्षता ल्याउन महालेखाले सुझाव दिएको छ ।

नेपाल सरकारले गतवर्षसम्म विभिन्न १०८ संस्थामा रु १ खर्ब ८१ अर्ब ९१ करोड सेयर लगानी गरेकोमा यो वर्ष थप लगानी रु.४४ अर्ब ६२ करोड, बोनस सेयर प्राप्त र समायोजनबाट रु.२५ करोड थप भई यो वर्षसम्म रु.२ खर्ब २६ अर्ब ७८ करोड सेयर लगानी भएको देखिन्छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved