बिजुली बस खरिद मै बदमासी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2019 | 10:29:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले किनेको बिजुली बस कमसल भएको खुलासा भएको छ। सरकारले चीनमा बनेको स्तरीय बस ल्याउनुपर्नेमा भारतमा बनेको सामग्री भेटिएको महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा उल्लेख छ। 

बसमा प्रयोग भएका सामग्रीमा मात्र नभई तौलमा समेत प्रश्न उठेको छ। ७ हजार ४ सय ६५ केजी हुनुपर्नेमा सो भन्दा कम तौलका बस भित्र्याइएको प्रतिबेदनमा उल्लेख छ।

एसियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा किनिएका बस खरिद प्रकृयामा सरकार सुरुदेखि नै विवादमा परेको छ। लागत अनुमानको तुलनामा ५५ प्रतिशत बढीको प्रस्ताव प्राप्त भएकोमा अवस्थामा ऐन व्यवस्थाअनुसार लागत अनुमान संशोधन गरेर नयाँ टेन्डर नगरी सोझै वार्तामार्फत दररेट तय गरी सम्झौता गरेको भेटिएको छ ।  

चिनियाँ कम्पनी बीवाईडी साइमेक्सले अमेरिकी डलर १८ लाख ५६ हजारमा आपूर्ति गर्ने प्रस्ताव पनि पेश गरेको थियो । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वार्ता गरी १२ लाख डलरमा सम्झौता गरेको पाइएको छ ।






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved