संचयकोष र लगानी कोषलाई ब्याज पनि तिर्न नसक्ने अवस्थामा निगम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2019 | 11:02:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले खरीद गरेको वाइड बडी जहाजको लक्ष्यअनुसार उडान भर्न नसक्दा  एक अर्ब ५० करोडभन्दा बढी नोक्सानी व्यहोरेको छ । महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदनअनुसार गन्तव्य टुङ्गो लगाएर प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा २०७५ साउनदेखि पुससम्म दुई वाइड बडी जहाजबाट रु एक अर्ब ६६ करोड ३१ लाख अनुमानित नोक्सानी भएको छ ।

जहाज खरीद प्रक्रिया शुरु गरेपछि निगमले २०७३ असोज ८ मा व्यावसायिक योजना तयार गरेको थियो । सन् २०१९ देखि दमाम, सोल, सिड्नी, टोकियो र हङकङमा उडान हुनुपर्ने थियो । अहिलेसम्म वाइड बडीले कुनै पनि ठाउँमा उडान भर्न सकेको छैन । जहाज खरीद गर्दा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

जहाज खरीदका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट रु २३ करोड ६१ लाख ऋण लिएको छ । जहाज खरीद गर्दा रु २२ अर्ब ९० करोड १७ लाख १६ हजार खर्च भएको छ । व्यावसायिक योजनाअनुसार उडान गर्न नसक्दा निगम साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको छ । निगमले गत पुस ३० गतेभित्र तिर्नुपर्ने साँवा र ब्याजको किस्ता रु ८० करोड ४२ लाख तिर्न सकेको छैन । लामो दूरीमा विमान सञ्चालन गर्न नसकेमा नोक्सानी अझै बढ्ने स्थिति रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved