गलकोटमा भिषण बर्षा, वडाध्यक्ष कै घरमा पस्यो बाढी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2019 | 10:23:03 PM मा प्रकाशित

laxmi  sunrise bank


बाग्लुंङको गलकोट नगरपालिकामा ठुलो बर्षापछि बाढी आएको छ । आइतबार दिउँसोदेखि परेको असिना पानिका कारण नगरपालिकामा पर्ने दरम खोलामा बाढी आएको हो । 

बाढीका कारण भाटी बजारमा अवस्थित होम बहादुर नेपाली, गजेन्द्र बुढाथोकी सहित वडाध्यक्ष नेत्र बुढाथोकीको घरहरु प्रभावित भएको छ । ति घरमा बाढी पसेको छ ।स्थानीय उप स्थास्थ्य चौकीमा पनि बाढी पसेको छ भने दुदिलाभाटी इंग्लिस स्कुल पनि प्रभावित भएको छ । खोलाका किनारामा रहेका शवगृह र खोलाका पुलहरु बाढीले बगाएको छ । बाढीले ४ वटा बिजुलीको पोल समेत बगाएको छ ।

साँझ पख बर्षा रोकिएको छ तर खोलाको बहाव भने घटेको छैन । उक्त स्थलमा अहिले प्रमुख जिल्ला अधिकारीको टोली पुगेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहरुले उद्दार कार्या जारी राखेका स्थानीय गुमान सिंह बुढाथोकीले बताएका छन्  । 

दरमखोलाको तटिय क्षेत्रममा प्रहरी परिचालन गरिएको छ। जनप्रतिनिधिहरुले सुचना सन्देश जारी गरिरहनुभएको छ। तटिय क्षेत्रमा सर्तकता अपनाउन प्रहरीले सवैमा अनुरोध गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved