लुक्ला अपडेट: विमान दुर्घटना छानविन गर्न समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2019 | 08:27:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सोलुखुम्बुको लुक्लामा आइतबार बिहान भएको विमान दुर्घटना छानविन गर्न समिति गठन भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षमा चार सदस्यीय समिति गठन भएको हो। समितिको सदस्यमा नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ, तारा एयरका क्याप्टेन रवीन्द्र डंगोल र  पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । 

आइतबार लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका छन् । दुर्घटनामा समिट एयरका को–पाइलट सुजिल ढुङ्गाना, प्रहरीका असई राम बहादुर खड्का र अर्का असई रुद्र बहादुर श्रेष्ठको मृत्यु भएको थियो । अन्य तीन जना घाइते भएका छन् । दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर  पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किन पुगेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved