फलो अप: ९ दिन नबित्दै उप्कियो सडकको पिच

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2019 | 04:21:41 PM मा प्रकाशित

laxmi  sunrise bank

धुलिखेल नगरपालिका स्थित एक वडामा निर्माण भएको हप्ता दिन नबित्दै सडकको पिच उप्केको पाइएको छ। धुलिखेल नगरपालिकाको वडा नम्बर ८ मा निर्माण भएको सडकको पिच उप्केको समाचार बिजपाटीले लेखेपछि फलो अप गर्दा ९ दिनमै पिच उप्केको पाइएको हो।

वडा अध्यक्ष निराजन जंगमले घाम नलाग्ने ठाउँमा पिच भएकाले केहि दिन मै उप्किएको दाबि गरेका छन। ड्रेन बनाएपछि पिच उप्किने समस्या समाधान हुने उनको दाबि छ। वडाअध्यक्ष जंगमकाअनुसार भट्टीडाडा देखि काभ्रेभन्ज्याङ को सडक खण्ड त्यहाँको एक उपभोक्ता समितिले निर्माण गरेको हो। ९६ लाख लागतको यस परियोजनामा धुलिखेल नगरपालिकाले ८० लाख र त्यहाँका स्थानीयले १६ लाख लगानी गरेका छन। 

भुमि व्यवस्थापन तथा भवन नियमन शाखाको शाखा प्रमुख तथा धुलिखेल नगरपालिकाका सिभिल इन्जिनियर हरिराम हुमागाईंले एक लेयर मात्र निर्माण गरेको र अर्को लेयर निर्माण गर्न बाँकी रहेकाले पिच उप्किएको बताएका छन।

निर्माण गरेको हप्ता दिन पनि पिच नटिक्ने सडक बनाएको यस उपभोक्ता समितिले गत आर्थिक बर्ष धुलिखेल नगरपालिकाबाट उत्कृष्ट उपभोक्ता समितिबाट सम्मानित भएको पाइएको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved