गफ मै सिमित मेयर शाक्य स्मार्ट पार्किङ

दिलिप खड्का

दिलिप खड्का

Apr 15, 2019 | 07:43:06 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौँ महानगरपालिका मेयर बिद्या सुन्दर शाक्यले लामो समयदेखि भन्दै आएका थिए 'बैशाखदेखि काठमाडौँको न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ संचालनमा आउने छ' । बैशाख आयो तर मेयर शाक्यको स्मार्ट पार्किङ आएन । संचालनमा आउने त् टाढाको कुरा, यस बिषयमा छलफल नै सुरु भएको छैन ।

पार्किङ निर्माणको लागि चाहिने आवश्यक छलफल हुन नसक्नुले यो योजना पनि अनिश्चित बनेको छ । काठमाण्डौँको ब्यस्त ठाउँ मानिने न्युरोड आसपास स्मार्ट पार्किङ निर्माणको चर्चा चलेको थियो । सुन्धारा,प्युखा,दरबारमार्ग, बिशालबजार र खिचापोखरि लगाएतको ठाउमा रहेको अब्यबस्थित पार्किङको हल खोज्नको लागि स्मार्ट पार्किङ विकल्प हुन सक्ने महानगरपालिकाको अनुमान थियो ।

तर महानगरपालिकाले पार्किङ निर्माणको लागि चाहिने आवश्यक छलफल पनि गर्न सकेन । मेयर शाक्यले ६ महिना अघिनै एक कार्यक्रममा बैशाखदेखि स्मार्ट पार्किङ सुरु गरिने भनेर सार्बजनिक घोषणा गरेपनि उक्त योजनाको बिषयमा अहिले महानगर मौन छ । महानगरले धर्मपथमा रहेको आफ्नै पुरानो कार्यालयको भवनमा ७ तलाको पार्किङ भवन निर्माण गर्ने कार्यमा पनि कुनै प्रगति हुन सकेको छैन । धर्मपथमा महानगरको १ रोपनि १० आना जग्गा छ । उक्त जग्गामा प्रविधियुक्त पार्किङ सेन्सर भएको , पार्किङको लागि अटोमेटिक टिकटको ब्यबस्था गरिने तथा भुक्तानि कार्डबाट लिन सकिने किसिमको पार्किङ निर्माण कुरा सतहमा आएको थियो । तर यी सब चर्चा मै सिमित भयो ।

सशुल्क पार्किङ

स्मार्ट पार्किङको योजना अलपत्र भएपनि अब महानगरले उक्त स्थानमा स शुल्क पार्किङको प्रक्रिया अगाडि बढाउने भएको छ । सुन्धारा, प्युखा, दरबारमार्ग, बिशालबजार र खिचापोखरि क्षेत्रमा महानगरले शुल्क लियर पाकिङ गर्न मिल्ने ब्यबस्था गर्न लागेको महानगरपालिकाका प्रबक्ता इश्वरमान डंगोलले बताएका छन् । उनका अनुसार शुल्क कति लिने भन्ने बिषयमा छलफल भैरहेको छ। सामान्यतया दुइ पाङग्रे सवारि साधनको १ घण्टा पार्किङ गरेको रु ५ र अन्य हलुका सवारि साधन पार्किङ गरेको १ घण्टाको रु २५ लिने गरि छलफल भैरहेको महानगरको प्रवक्ता डगोलले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved