बुद्ध एयरले दियो संचारमन्त्रीलाई छोडेर उड्नुका ३ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2019 | 06:50:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सञ्चारमन्त्री गोकुलप्रसाद बास्स्कोटालाई बुद्ध एयरले नबोकेको भन्दै विभिन्न सञ्चार माध्यममा आएका समाचार प्रति वुद्ध एयरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । वैशाख २ गते मन्त्री बास्कोटाको भैरहवाबाट काठमाडौंको उडान छुटेको समाचार प्रकाशित भएपछि बुद्धले ती बुँदे प्रष्टिकरण सहित ध्यानाकर्षण भएको जनाएको छ । 

बुद्ध एयरले उडान पर्खन नसक्नुका कारण यसरी सावंजनिक गरेका छः

१) वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नं. ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो ।

२) काठमाडौंबाट उड्ने बित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्रीज्यू र उहाँको टोली सो उडानबाट नजाने र भोलि वैशाख ३ गते विहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो ।

३) मौसम खराबीको कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने वाध्यता रहेको थियो । त्यसै अनुरुप सबै यात्रुहरुलाई विमानमा बसालिसकेका थियौं । त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्नु, मन्त्रीज्यू र उहाँको टोली करिब २०–२५ मिनेट दुरीमा रहेको होटल टाईगर प्यालेस रिसोर्टबाट हिड्नु हुने भन्ने जानकारी दिनुभयो ।

यदि अर्को ३०–३५ मिनेट कुर्नु परेको भए मौसमी कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नु पथ्र्यो ।

सुरक्षित र सकभर समयमै उडान भर्नु हाम्रो पहिलो दायित्व हो । त्यसैकारण हाम्रो व्यवस्थापन निर्णय अनुसार सो उडान वाध्यात्मक कारणले राती ८ बजे भैरहवाबाट काठमाडौंतर्फ उडयौं र काठमाडौंमा ८ बजेर ४९ मिनेटमा अवतरण ग¥यो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved