मिटुले खुलायो रंगमन्चभित्रको वास्तविकता

दिलिप खड्का

दिलिप खड्का

Apr 19, 2019 | 06:43:02 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वभर मिटु अभियान चलिरहँदा यसको प्रभाब नेपालमा पनि परेको छ । पुरुषलेहरुले कुनै पनि बेला महिलामाथि गरेको यौन दुर्व्यवहारलाई महिलाले खुलासा गर्नु नै मिटु हो । 

केहि दिन अघि एउटा अखबारमा  रंगमन्चमा यौन दुर्व्यवहार  शिर्षकको समाचार छापियो । जसअन्तर्गत रगमन्चमा नाम चलेका सुनिल पोखरेल, राजन खतिवडा र राजकुमार पुडासैनिको नाम मिटुमा जोडियो । यस बारे रगमन्च सम्बद्ध बिभिन्न ब्यक्तिहरुले आ आफ्ना धारणाहरु सार्बजनिक गरिरहेका छन । 

यहि क्रममा वान वल्र्ड थियटरले आफ्ना धारणा सार्बजनिक गरेका छन् । लामो समयदेखी वान वल्ड्र थिएटरमा आवद्ध राजकुमार पुडासैनिले आफूमाथि योन दुव्र्यवहार गरेको भन्दै अनु दाहालले मिटु मार्फत वास्तविककता खोलिन् । पुडासैनिले पहिलेदेखिनै त्यस्ता किसिमका अनुचित व्यवहार आफूसँगै काम गर्ने महिला सहकर्मीमाथि गर्ने गरेको निष्कर्ष थियटरले सार्वजनिक गर्यो । उनको व्यवहारबाट  महिला सहकर्मीले मानसिक तनाव झेल्दै आएको थिएटरको निष्कर्ष छ । 

पुडासैनि आफैले पनि आफ्नो गल्ति स्विकार गरेका छन । उनले पिडितसामु माफि माग्न चाहेको बताएका छन ।उनलार्इ सस्थाले सुधारबादी निलम्बनमा  राखेको छ । संस्थाले गरेको निलम्बन अनुरुप उनले एक बर्षसम्म उक्त सस्थामा कुनै पनि काममा सहभागी हुन पाउने छैन ।  संस्थाले पिडित अनु दाहालप्रति क्षमा याचना  गर्दै यस किसिमका दुव्र्यवहारको बिरुद्धमा आफ्नो ऐक्यबद्धता जनाएको छ ।

यसैगरी मण्डला थियटरले   संस्थाको महासचिव राजन खतिवडाविरुद्ध लागेको  आरोपको बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । थियटरले  उनलाई कम्तीमा १ वर्षका लागि महासचिवको पदबाट जिम्मेवारीमुक्त  गर्ने  निर्णय गरेको छ । मण्डलामै आवद्ध रहेकी एक जना महिलाले आफ्नो नाम नखुलाउने शर्तमा महासचिव खतिवडाले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् ।

खतिवडाले कहिलेकाहिँ आफुबाट अन्जानमा गल्ति भएको हुनसक्ने भन्दै  आत्मालोचना गरेका छन् । उनले यस बिषयमा निष्पक्ष छानविनको माग गरेका छन । उनले सामाजिक नैतिकताका आधारमा मण्डला थियटरको महासचिब पदबाट  राजिनामा दिएका छन । 

सुनिल पोखरेलमाथि लागेको आरोपबारे भने कुनै प्रकारको धारणा सार्वजनिक भएको छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved