नेकपाको जिम्मेवारी बाँडफांडमा पुर्व माओवादी असन्तुष्ट, पद नलिने घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 11:00:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेकपाको जिल्ला सचिवको जिम्मेवारी पाएका आठ नेताहरुले जिम्मेवारी अस्वीकार गर्ने भएका छन् । नेकपाले सोमबार मात्रै जिल्ला नेतृत्वको टुंगो लगाएको थियो । केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका सविकको माओवादीका आठ नेताले अध्यक्ष पुष्पकमल दाहाललाई भेटेरै जिल्लाको पदीय जिम्मेवारी अस्वीकार गर्ने जानकारी दिएका छन् ।

केही नेताले अध्यक्ष दाहाललाई भेटेरै र केही नेताले भने अध्यक्ष दाहालका स्वकीय सचिव जोगबहादुर महरामार्फत असहमति पत्र बुझाएका छन ।

नेकपामा ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाउँदा ७ जना जिल्ला अध्यक्ष र ८ जना जिल्ला सचिव केन्द्रीय समितिबाट परेका थिए । त्यसमध्ये दुई जिल्ला मोरङ र काठमाडौंका जिल्ला अध्यक्ष र सचिव दुवै केन्द्रीय समितिबाट परेका थिए । रौतहट, धनुषा, सर्लाही, सिन्धुपाल्चोक, धादिङ र रुपन्देही गरी ६ जिल्लाका अध्यक्ष केन्द्रीय समितिमा छैनन तर सचिव केन्द्रीय समितिमा थिए ।

तत्कालीन माओवादीतर्फका युवराज भटटराई (रौतहट), गोपी अछामी (मोरङ), श्रवण यादव (धनुषा), डाचाराज वाग्ले (सर्लाही), दावा तामाङ (सिन्धुपाल्चोक), हिमाल शर्मा (काठमाडौं), शालिकराम जम्मकटटेल (धादिङ) र दधिराम न्यौपाने (रुपन्देही) ले जिल्ला सचिवको जिम्मेवारी पाएका थिए ।

काठमाडौं जिल्ला सचिवको जिम्मेवारी पाएका शर्माले समाजिक सन्जालमाफर्त जिम्मेवारी अस्वीकार गर्ने घोषणा गरेका छन् भने सर्लाहीका सचिव वाग्लेले अध्यक्ष दाहाललाई एसएमएसमार्फत जिम्मेवारी नलिने जानकारी गराएका छन् ।

प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका शालिकराम जम्मकटटेलले अध्यक्ष दाहालका स्वकीय सचिव महरामार्फत सचिव नहरने जानकारी गराएका छन् । रौतहटका सचिव भटटराईले मंगलवार बिहान अध्यक्ष दाहाललाई भेटी लिखितरुपमा नै असहमति पत्र बुझाएका छन् ।

नेकपाले यसअघि पार्टीको जिल्ला अध्यक्षबाटै अध्यक्ष र सचिवको जिम्मा दिने मापदण्ड बनाउँदा १५ केन्द्रीय सदस्यले अध्यक्ष र सचिवको जिम्मा पाएका छन् । मापदण्डअनुसार समितिमा रहेका तर जिल्लाको अध्यक्ष या सचिवमा नाम परेकाहरु कमिटिमा बस्न अनइच्छुक भएमा असहमतिपत्र लिएर उक्त ठाउमा अन्य व्यक्तिलाई जिम्मा दिन सकिने मापदण्ड पनि नेकपाले बनाएको बुझिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved