पुनर्निर्माण प्राधिकरणको दाबीः ८० प्रतिशत घर बनिसके

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 05:09:11 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत प्रगति भएको दाबी गरेको छ । अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३ सय ७ घरपरिवार मध्ये ६ लाख १२ हजार ९ सय ३५ घर पुनर्निर्माणको प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ । 

३ लाख ८२ हजार २ सय ७७ परिवारले घर बनाइसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले २ लाख ३० हजार ५ सय ५८ परिवार निजी आवास पुनर्निर्माणको क्रममा रहेको जानकारी दिए । जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित जग्गा उपलब्ध गराउने व्यवस्था समेत मिलाएको उनको दाबी छ । 

भूकम्पबाट ७ हजार ५ सय ५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएको प्राधिकरणको दाबी छ । स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, पुरातात्विक महत्वको सम्पदातर्फ ५९ प्रतिशत, सुरक्षा निकायका भवनहरु ५६ प्रतिशत पुनर्निर्माण सकिएको प्राधिकरणको दाबी छ । प्राधिकरणले पुनर्निर्माणका लागि वित्तीय व्यवस्थापन सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको सिइओ ज्ञवालीले बताए । 

पुनर्निर्माण र पुनर्स्थापनाको पञ्चवर्षीय योजनामा समग्र लागत ९ खर्ब ३८ अर्ब आँकलन गरिएकोमा आर्थिक वर्ष ०७४/०७५ मा कूल १ खर्ब ८६ अर्ब रकम खर्च भएको छ । यस्तै चालू आर्थिक वर्षमा जम्मा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको सीईओ ज्ञवालीले जानकारी दिए ।  प्राधिकरणले पुनर्निर्माण सम्पन्न गर्न ४ खर्ब २९ अर्ब थप रकम आवश्यक पर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved