अपडेट: कति थियो काठमाण्डौमा आएको भूकम्पको तिब्रता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 06:52:53 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार बिहान काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । बिहान ६ बजेर २९ मिनेटमा धक्का महशुस भएको हो । भूकम्पको धक्का काठमाडौँ लगायतका आसपासका जिल्लामा पनि महशुस भएको छ । 

भूकम्पले करिब ३० सेकेण्ड हल्लाएको थियो । त्यसपछि ६:४० मा पुन अर्को धक्का महशुस भएको छ  

युरोपियन मेडीटेरियनको मापन केन्द्रले उक्त भूकम्प ४.९ म्याग्नेच्युडको भएको पूर्वनुमान गरेको छ  ।  अमेरिकी भू गर्व बिभागले भने उक्त भूकम्पको केन्द्र बिन्दु किर्तिपुर रहेको र तिब्रता ४.७ म्याग्नेच्युड रहेको बताएको छ  । नेपालको भूकम्प मापन केन्द्रले भने नौबिसे केन्द्र भएर ५.२ म्याग्नेच्युडको भूकम्प गयेको जनाएको छ । 
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो परकम्प गएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved