एकै केन्द्रबिन्दु भएर ११ मिनेटको अन्तरमा दुई पटक भूकम्पको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 10:46:54 AM मा प्रकाशित

laxmi  sunrise bank

बैशाख ११ गते बुधबार बिहानै काठमाडौंमा ११ मिनेटको अन्तरमा २ पटक भूकम्पको धक्का महसुस भएको छ। पहिलो धक्का बिहान ६ बजेर २९ मिनेटमा र दोस्रो ६ बजेर ४० मिनेटमा महशुस भएको छ। 

दुवै भूकम्पको केन्द्र नौबिसे भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार पहिलो भूकम्पको तिब्रता ५.२ म्याग्नेच्ग्युड र दोस्रोको ४.३ म्याग्नेच्युड छ। 

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो परकम्प गएको हो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले दुवै भूकम्पबाट हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved