दिवगंत मन्त्री अधिकारीको फोटो प्रदर्शनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 03:33:14 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको फोटो प्रदर्शनी सुरु भएको छ । काठमाडौंको सिनामंगलस्थित ‘एभियसन म्यूजियम’मा अधिकारीकी पत्नी विद्या भट्टराईले प्रदर्शनीको उद्घाटन गरिन् । प्रदर्शनी आजदेखि १० जेठसम्म सञ्चालन हुनेछ ।


प्रदर्शनीमा स्वर्गीय मन्त्री अधिकारी एभियसन म्यूजियममा घुम्न जाँदा खिचिएका २५ वटा तस्वीर राखिएका छन् । प्रदर्शनीमा नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठका पनि पाँच फोटो राखिएको छ । 


गत फागुन १५ मा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित ७ जनाको मृत्यु भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved