अर्को बर्ष दोहोरो अंकको आर्थिक वृद्धि, ३ बर्षमा गरिवी निवारण: प्रम ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 12:59:49 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्माले अबको ३ वर्षमा देशको गरिबी निवारण गर्ने बताएका छन् । राष्ट्रिया योजना आयोगको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२५ सम्ममा नभई अबको ३ बर्षमा गरिबी निवारण गर्ने बताएका हुन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले आगामी बर्ष नै दोहोरो अंकको आर्थिक बृद्धिदर हसिल गर्ने बताएका छन । अहिले कानुन बनाउने वातावरण बनाउने उल्झन हुँदा पनि ७ प्रतिशत वृद्धि हासिल रहेको स्मरण गराउदै प्रधानमन्त्री ओलीले कुनै वाधा नहुँदा दोहोरो अंकको वृद्धि हासिल गर्न सकिने बताएका हुन् । यद्यपि उनले दोहोरो आर्थिक वृद्धि हासिल गर्न केहि चुनाती रहेको बताए । त्यस्तै उनले लगानी सम्मलेनको थप प्रतिबद्धता आउने बाँकि रहेको बताए ।

बैठकले आयोगको १५ औ योजनालाई स्वीकृतिको लागि मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved