गौरवमय श्रमिक दिवसमा लाजमर्दो दृश्य ! नेतालाई लज्जाबोध कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2019 | 05:49:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा श्रमको मात्रै नभई श्रमिककै अपमान हुने अपाच्य दृश्य देखिएको छ।  शुभकामना मन्तब्य दिन श्रममन्त्री गोकर्ण बिष्ट मंचतर्फ लम्किदैं गर्दा टाउकोमा पानि बोकेर बेच्न आएका बालकलाई सुरक्षाकर्मीले पन्छाएको टिठलाग्दो दृश्यले नेपालमा दिवस केवल दिवसमै सिमित हुने गरेको तथ्यलाई उजागर गरेको छ।  

सुरक्षाकर्मीले ती बालकलाई पन्छाएर मन्त्रीलाइ मंचतर्फ जानलाई सहज तुल्याए तर ती बालकको अवस्थाबारे न त सुरक्षाकर्मीलाई चाँसो थियो न त मन्त्री बिष्टलाई। नेपालको श्रम ऐन २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरमा शारिरिक श्रम लगाउन पाईदैन । कानुनतः यो दण्डनीय हुन्छ ।

८ घण्टा मनोरन्जन नभई चिन्तामा व्यतित श्रमिकको आवाज सुन्ने प्रतिबद्दता जनाएका श्रममन्त्री बिष्टले हातमा किताब कापी बोकेर बिद्यालय जान पाउने अधिकार प्राप्त एक बालकले आँखैअघि गरेको बाल श्रम देख्ने समय पाएनन। श्रममन्त्रीको आँखै अगाडीको यो दृश्य अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ र सर्वसाधारणले चिल्लो गाडीमा हिड्नेहरुलाई जस्तै दृश्यले पनि लज्जा बोध नबनाउने रहेछ भन्ने टिका टिप्पणी व्यापक बनिरहेको छ।  

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि)ले आयोजना गरेको कार्यक्रममा देखिएको यस दृश्यले दिवस जुन बर्गका लागि मनाइन्छ त्यो बर्ग कहिल्यै लाभान्वित हुदैनन भन्ने तितो सत्यलाई उजागर गरेको छ। बाल श्रम गर्ने र गराउनेलाई कारबाही गर्ने गराउने निकाय बाटै बालक आफै पानि बेच्न आएको भन्ने जवाफ आफैंमा लाजमर्दो बिषय हो।   


तस्बिरः सुनिल शर्मा 

तस्बिरः सुनिल शर्मा 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved