फेरी बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 09:23:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरी बढाएको छ। पेट्रोलमा  १ रुपैयाँ ५० पैसा, डिजेल र मटितेलमा १/१ रुपैयाँ भाउ बढेको निगमले जनाएको छ। 

निगमकाअनुसार बढेको मुल्य शुक्रबार राती १२ बजेबाट लागू हुनेछ। नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा पुर्‍याइएको  छ । डिजेल र मट्टतिेको मूल्य ९८ रुपैयाँ कायम भएको छ।

पछिल्लो १०/१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको निगमका प्रवक्ता विरेन्द्र गोइतको भनाइ छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको उनले बताए ।

अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएकाले भारतीय आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमको दावी छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved