“हामी समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौं ।”

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 01:18:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण भएको बताएका छन् । 

दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग भएको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीले सो कुरा बताए ।

प्रधानमन्त्री ओलीले नेपालले मात्र नभई दक्षिण एशियाले नै अािर्थक विकास र उन्नतीलाई प्राथमिकतमा राख्नुपर्ने बताए । उनले भने “हामी समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौं ।”

प्रधानमन्त्री ओलीले यस क्षेत्रले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको बताएका छन् । दक्षिण एशियामा नै युवा जनसंख्याको बाहुल्यता भएकोले यो समय विकासमाा फड्को मार्न सजिलो हुने प्रधानमन्त्री ओलीको धारणा छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार सुशासन र विकासलाई महत्व दिएर अघि बढेको बताए । “हामीले सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं ” प्रधानमन्त्री ओलीले भने, “केही समय विभिन्न कारणले हामी पछि पर्यौ तर अब त्यो समय सकियो । हामी अघि बढ्छौं ।”

 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved