सरकारले राष्ट्रपतिलाई कार्यकारी हैसियत दिन खोजेको काङ्ग्रेसको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2019 | 04:00:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसले सरकारले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको आरोप लगाएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संंघीय लोकतान्त्रिक गणतन्त्रमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजाको जस्तो राष्ट्र प्रमुखको हैसियत दिएको आरोप लगाएको हो । 

शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भन्ने शब्द प्रयोग गर्नु गलत भएको काङ्ग्रेसको निश्कर्ष छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको भाषा संशोधन गरिनुपर्ने बताए । 

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको सट्टा राजकिय शक्तिलाई केन्द्रीकृत गर्ने किसिमले निती तथा कार्यक्रम आएको काङ्ग्रेसको बुझाई छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनि गरेको उच्चारण विवादमा तानिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved