सामुदायिक बिद्यालयमा ब्यबहारिक शिक्षा प्रणाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 05:48:57 PM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षणमा नयाँ बिधिहरुको प्रयोग र प्रबिधिहरुको प्रयोगले सिकाइ प्रभाबकारि  सक्छ भन्ने कुरालाइ आत्मसात गरेर गैँडाकोटको विजय सामुदायिक शिक्षलयले ब्यबहारिक शिक्षालाइ जोड दिएको छ । 

चौरभरि छरिएका बिद्यार्थिहरु कोही पराललाई काटेर मसिना टुक्रा बनाउँदै थिए,कोही ती टुक्रालाई पानीमा धुँदै थिए, कोही ती मसिना परालका टुक्रालाई पकाउन आगो बाल्दै थिए भने कोही ल्यापटप बोकेर भिडियो कल गरी ती दृश्यलाई अन्य देशका विद्यार्थीलाई देखाइरहेका थिए ।

हेर्दाखेरि अस्तब्यस्त तथा भद्रगोल देखिले यो दृश्य देख्नेले बिद्यार्थिलाइ यसरि किन छाडा छाडेको होला , कक्षामा राखेर किन नपढाएको होला भनेर प्रश्न गर्न सक्छ । तर माथिको कार्य बिद्यार्थिहरुले   कक्षाकोठामा सिकेको च्याउ कसरि फलाउने भन्ने सैदान्तिक ज्ञानलाइ ब्यबहारमा उतार्दाको हो । 

विजय सामुदायिक शिक्षा सदन ब्रिटिस काउन्सिलको अवधारणामा सञ्चालित आइएस्ए अर्थात् इन्टरनेशनल स्कुल अवार्डमा सहभागी भएपछि बिद्यार्थिहरुलाइ खोज्दै, हेर्दै, गर्दै, सिक्दै पढ्ने पद्धतिबाट शिक्षा प्रदान गरिरहेको छ । 

एक दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथआफूहरु आइएस्एको यात्रामा सहभागी भएको विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताए । विद्यार्थीले विद्यालयमा नै च्याउ फलाएको, माटोका भाँडा बनाएको, ढुङ्गामा कुँदेर मूर्ति बनाएको फोहर भनेर फालिने बोतल र प्लास्टिक सङ्गालेर चौतारो बनाएको देख्दा आपूm निकै हर्षित भएको पनि बताए।

सहायक प्रधानाध्यापक एवम् आइएस्एको अर्डिनेटर रेखा श्रेष्ठले विद्यालय आइएस्एमा सहभागी भएर बायोग्राफी अफ नेशनल हिरो, कार्भ इमेज अन रक्स, जोय अफ जात्रालगायतका १० वटा परियोजनामा काम गरिरहेको र आफूहरु आइएस्एको यात्रामा गन्तव्य नजिक पुग्नलागेको बताउनुभयो । 

आइएस्एमा सहभागी भएर शिक्षण गर्दा प्रविधिसँगको निकटता बढ्नाका साथै अन्तर्राष्ट्रियस्तरसम्म पहँुच बढेको  विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले बताए । 

विभिन्न जडीबुटीका बोटबिरुवा लगाउने ,मौसम अनुसारका तरकारी उत्पादन गर्ने , विद्यार्थीले बचत कसरी गरिन्छ, दुःखमा सहयोग कसरी गर्ने भन्ने जस्ता कुरा सिकाउन बचत समूह, रेडक्रस, स्काउट, बालक्लबलगायतका विविध क्लबहरु गठन गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved