नीति कार्यक्रममा ‘मेरो सरकार’ जानीजानी राखिएको होः प्रधानमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 03:09:03 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्द जानीजानी राखिएको प्रष्ट पारेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्री ओलीले भने, ‘भुलचुकले होइन । जानीबुझी राखिएको र आवश्यक शब्दावली हो ।’ 

सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ शब्दावली प्रयोग गरेपछि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बेलायती महारानीको शैलीमा राष्ट्रपतिलाई सो शब्द प्रयोग गर्न लगाईएको भन्दै टिप्पणी गरेका थिए । देउवाको टिप्पणी लक्षित जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘अलिकति त्यो शब्दावली उपयुक्त भएन कि । बेलायत हाम्रो मित्रराष्ट हो र नकारात्मक टिप्पणी गर्नु बान्छनिय हुँदैन ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved