प्रतिपक्षीको अवरोधकाबीच नीति तथा कार्यक्रम पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 03:45:10 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच नीति तथा कार्यक्रम पारित भएको छ । सरकारको नीति तथा कार्यक्रमामाथिको छलफलका क्रममा उठेका प्रश्नको उत्तर दिँदा प्रधानमन्त्रीले संसदमा संसदीय मर्यादा पालना नगरेको भन्दै काङ्ग्रेले नाराबाजी गरेको थियो । 

नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्‍नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपीशर्मा ओलीले आक्रोश, कुण्ठा र निम्छरा प्रश्‍नको वेवास्ता गर्नेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेको हो । प्रधानमन्त्रीले भनेका थिए, ‘म यहाँ केही आक्रोश, कुण्ठा र निम्छरा प्रश्‍न छोडेर अन्य प्रश्‍नको जवाफ दिन्छु ।’

सभामुख कृष्णबहादुर महराले पटक–पटक बस्‍न आग्रह गरे पनि कांग्रेसले नाराबाजी जारी राखेको हो । त्यसपछि प्रधानमन्त्री आफैंले भने,‘प्रश्‍नको जवाफ चाहिएको छ कि छैन’ भन्दै नाराबाजी गरिरहेका सांसदहरुलाई प्रश्‍न गरेका थिए । 

प्रतिपक्षीले नाराबाजी कायम राखेपछि सभामुखले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved