अब जुनसुकै राजमार्गको अबरोध १० मिनट मै हट्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2019 | 10:15:15 AM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्रालयले विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने कार्यलाइ रोक्न नयाँ कार्यबिधि कार्यन्वयनमा ल्याएको छ । कार्यबिधिमा कुनै पनि कारणले राजमार्ग अबरुद्ध भएमा १० मिनेटमा खुलाउनको लागि  राजमार्गको २० - २० किलोमिटरको दुरिमा सशस्त्र प्रहरिका सुरक्षा पोस्ट राखिने उल्लेख छ । प्राकृतिक बिपत तथा बन्द हडतालको कारण सडक बन्द भएमा सम्बन्धित निकायसँग समन्वय गरेर तत्काल खुलाइनेछ । मन्त्रालयले राजमार्ग मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि चैतदेखि कार्यान्वयनमा ल्याएको हो ।

सम्भावित दुर्घटनालाइ लक्षित गरेर सशस्त्रले आठवटा ठूला एम्बुलेन्स खरिद गरेको छ । ठूला एम्बुलेन्ससहित सशस्त्र प्रहरी बलको टोली राजमार्गमा खटिने जसमा १० - १२ जनासम्म बिरामि बोक्न सक्छ । सशस्त्र प्रहरीसँग १७ वटा एम्बुलेन्स उपलब्ध छन । 

राजमार्गमा हुने दुर्घटना, उद्धार तथा सुरक्षाको जिम्मेवारि सशस्त्र प्रहरी बलले ६९ सालदेखि पाएको हो । सशस्त्रले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा इमिडियट रेसपन्ड टिम खटाउँदै आएको छ । कार्यबिधिमा आबश्यकताको आधारमा राजमार्ग खुलाउन सिडिओले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सेना परिचालन गर्न सक्ने समेतको ब्यबस्था रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved