बैंकको सहुलियत कर्जा: नेतालाई भाषण, कार्यकर्तालाई रासन

विजय पराजुली

विजय पराजुली

May 12, 2019 | 06:22:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चालु आर्थिक बजेट मार्फत ल्याएको सहुलियत कर्जा प्रभावकारी हुन् सकेको छैन । सरकारले उद्यमशीलताको विकास गरी देशमै रोजगारी सिर्जना गर्ने भन्दै अधिकत ५ करोड रुपैयाँ सम्म विभिन्न ७ वटा शिर्षकमा ब्याज अनुदान सहितको सहुलियत कर्जा दिने ब्यवस्था गरेको थियो । 

नेपाल राष्ट्र बैंकले सहुलियत कर्जा सम्बन्धी एकिकृत कार्यविधि २०७५ असोजमा जारी गरेको थियो । कार्यविधि जारी गरेको ७ महिना वितिसक्दा पनि सहुलियत कर्जा लिनेको संख्या भने न्यून देखिन्छ । बैंकहरुले सहुलीयत कर्जा सुरु हुन पहिले अनुदाको कृषि कर्जालाई पनि सहुलियत कर्जामा गणना गर्दा व्यवसायिक कृषि तथा पशुपन्क्षी कर्जा लिनेको संख्या मात्र १४ हजार ६ सय ३९ जना रहेका छन् भने सहुलियत कर्जा लिनेको कुल संख्या १४ हजार ९ सय २३ रहेका छन्  ।  त्यस्तै १३ सय ४२ जना भूकम्पपीडितले २ प्रतिशत ब्याजमा पाउने कर्जा लिएका छन ।   

सरकारका मन्त्रीहरुले विभिन्न फोरममा सहुलियत कर्जाको गुणगान गाईरहंदा राजनितिक पार्टिका सिमित कार्यकता बाहेक अन्यले सहज रुपमा सहुलियत कर्जा पाउन सकेका छैनन् ।  सेवाग्राहीले भने बैंकहरु सहुलियत कर्जा लिन जाँदा सरकारी बैंका जान भन्ने गरेको बताउने गरेका छन् । आधार ब्याजदरमा ३ दखि ५ प्रतिशत सम्म प्रिमियम थप परि लगानी परिरहेका बैंकहरु २ प्रतिशत भन्दा बढी प्रिमियम लिन नपाउने भएपछि सहुलियत कर्जा दिनको लागि आलटाल गरिरहेको देखिन्छ । अर्कोतर्फ बैंकहरुले कर्जा दिने तर सरकारले दिने अनुदानको लागि ममहिर्नौ लाग्ने सरकारी पद्धतिको कारण पनि बैंकहरुले सहुलियत कर्जा दिनको लागि आलटाल गरिरहेको एक बैंकरले बताए । 

सहुलियत कर्जा बैंकले आफ्नो आधार ब्याजदरमा २ प्रतिशत प्रमियम थप गर्दा हुन आउने ब्याजदरमा महिला उद्यमशीलता कर्जामा नेपाल सरकारबाट आउने ६ प्रतिशत सम्म ब्याज अनुदानको ब्यवस्था गरेको छ । त्यस्तै अन्य ६ वटा शिर्षकमा दिने कर्जामा नेपाल सरकारबाट ५ प्रतिशतको ब्याज अनुदान पाउन सक्नेछन् । यस सहुलियत कर्जाको सिा ५ वर्ष रहेको छ । नेपाल राष्ट्र बैंकबाछ अनुति प्राप्त क, ख र ग वर्षका सम्पुर्ण बैंकबाट सहुलियत कर्जा उपलब्ध रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

सरकारले ब्याज अनुदान दिने सहुलियत कर्जाको प्रकार र कर्जाको सिमा 

१. व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा : ५ करोड रुपैयाँ सम्म

२. शिक्षित यूवा स्वरोजगार कर्जा : ७ लाख रुपैयाँ सम्म

३. विदेशबाट फर्केका यूवा परियोजना कर्जा : १० लाख रुपैयाँ सम्म

४. महिला उद्यमशिलता कर्जा : १५ लाख रुपैयाँ सम्म

५.दलित समुदाय व्यवसाय विकास कर्जा : १० लाख रुपैयाँ सम्म

६.उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा : ५ लाख रुपैयाँ सम्म

७. भुकम्प पिडित नीजि आवाश निमार्ण कर्जा : ३ लाख रुपैयाँ 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved