लगानी गर्न आएका विदेशी त्रिभुवन विमानस्थलमै समातिएपछि...

निरोज कुमार थापा

निरोज कुमार थापा

May 13, 2019 | 01:10:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले हालै मात्र तामझामका साथ लागनी सम्मेलनको आयोजना गर्यो। गत चैत १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा  शो केशमा राखिएका ७७ परियोजना मध्ये ३१ का लागि २५ खर्ब रुपैयाँ बराबरको बिदेशी लगानीको प्रतिबद्दता भयो। 

तर लगानी सम्मेलन सम्पन्न भएको झन्डै डेढ महिना बितिसक्दा समेत एक रुपैयाँ पनि बिदेशी लगानी आउन सकेको छैन। 'विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५' मा प्रयोग गरिएका शब्दले अस्पष्टता र अन्यौलता बढेकाले अहिलेसम्म एक रुपैयाँ पनि बिदेशी लगानी नभित्रिएको उद्योग बिभागका एक अधिकारीले बिजपाटीलाई बताएका छन।

'विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५' मा ३७ ठाउँमा तोकिए बमोजिम भन्ने शब्द प्रयोग भएको छ। यी शब्दले आफैं अन्यौल सिर्जना गरेको बिभागको भनाई छ। ऐनलाई स्पष्ट पार्न नियमावली समेत आईनसकेकाले लगानी सम्मेलन यता एक रुपैयाँपनि बिदेशी लगानी नभित्रिएको बिभागले जनाएको छ।

नेपालले आगामी ४ बर्षमा लिएको दुई अंकको आर्थिक वृद्धि र समृद्द नेपालको लक्ष्यको लागि बिदेशी लगानीको बिकल्प नभएको अर्थमन्त्री ड़ा युबराज खतिवडाले बिभिन्न फोरममा बताउदै आएका छन। तर ऐनको अन्यौलता र केहि कानुनी जटिलता बिदेशी लगानी आउने बाटो रोकेको छ। 

लगानी सम्मेलन सकिएको डेढ महिना बित्दा समेत एक रुपैयाँ लगानी आउन नसक्नु आफैंमा दुखद कुरो हो। त्यसमा पनि केहि साताअघि नेपालको त्रिभुवन विमानस्थलमा भएको एक घटनाले बिदेशी लगानीकर्ताको अवस्थालाई झनै जिस्काएको छ।  

नेपालमा लगानीको अवसर र क्षेत्रहरुबारे अनुसन्धान गर्न आएका दुई भारतीय नागरीक विमानस्थलबाट पक्राउ परेको घटनाले राजनीतिक वृत्तमा चर्चाको बिषय बनेको छ। नेपालमा लगानीका क्षेत्र अवलोकन गर्न आएका उनीहरु तीनदिनसम्म हिरासतमा बस्नु परेको उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले खुलासा गरेका हुन। 

होटल एसोसियसन नेपालको ४६औँ सधारणसभामा बोल्ने क्रममा पोखरेलले सुन लगाएकाले ती भारतीय नागरिक पक्राउ परेको खुलासा गरेका हुन। उनीहरुको साथबाट ५० ग्रामभन्दा बढी सुन भेटेपछि अध्यागमन विभागले तीन दिन थुनेर भारत तिरै फर्काइदिएको पोखरेलले बताएका छन।

नेपालको कानुन अनुसार विदेशी राहदानी बाहकले ५० ग्रामभन्दा बढी सुन बोक्न पाउँदैन । नेपाली÷स्वदेशी राहदानी वाहकले भने सय ग्रामसम्म सुन बोक्न पाउँछ । तर भारतको दक्षिण क्षेत्रमा बस्नेहरु अन्य देशको तुलनामा सुनको गहना लगाउन बढी सौखिन हुन्छन। उनीहरु हातमा, गलामा सुनका सिक्री र हाताका औलामा औँठी लगाउन मन पराउँछन । नेपालमा लगानी गर्न आएका भनिएकाहरुले पनि सोही काम गरेका थिए। ' अब उनीहरुले नेपालमा लगानी गर्ने कुरा त परै जाओस् यो कुरा सोच्दा पनि सोच्दैनन' पोखरेलले भने।    

उक्त उदाहरण दिंदै पोखरेलले नीतिगत सुधार नगरी समृद्ध नेपालको नारा घोषणामा मात्रै सिमित हुने बताउँछन । सरकारले लिएको लक्ष्यलाई पूरा गर्न यस्ता केही सामान्य नियमहरु फेरबदल गर्न सक्नुपर्ने उनको भनाई छ ।  

उपप्रधान तथा रक्षामन्त्री पोखरेलबाट प्रस्तुत भएको घटनाबारे बुझ्न अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीलाई सम्पर्क गर्दा उनले यसघटनाबारे आफुलाई केहि पनि जानकारी नभएको बताए।   

 


    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved