एभिन्युज टेलिभिजनको बीरगञ्ज कार्यलयमा तोडफोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 01:38:22 PM मा प्रकाशित

laxmi  sunrise bank

एभिन्युज टेलिभिजनको पर्सास्थित कार्यालयमा तोडफोड भएको छ । एभिन्युज टेलिभिजनको कार्यक्रममा आफ्ना पार्टीका अध्यक्ष एवम् उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई पत्रकारले अशिष्ट भाषामा प्रश्न सोधेको र टेलिभिजनको स्टुडियोमा लगेर बेईजत गरेर निकालेको भन्दै समाजवादी पार्टीका विद्यार्थी नेता र कार्यकर्ताले टेलिभिजनको कार्यालयमा तोडफोड गरेको विजपाटी पर्साका संवाददाता आशिक अन्सारीले जानकारी दिए । 

८/९ जनाको समूहमा आएका समाजवादी पार्टीका कार्यकर्ताले व्यूरो कार्यालयको गेटको शिशा फुटाएको र क्यामेराम्यान जाकिर हुसेनले बोकिरहेको क्यामेरा समेत खोसेर फालिदिएका थिए । अहिले घटनाको अवस्था बुझ्ना पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र एसपी रेवती ढकाल घटनास्थलमा पुगेका छन् । सिडिओ र एसपीले संलग्नलाई पक्राउ गरी कारबाही गरिने बताएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved