स्याङ्जामा निशुल्क स्वास्थ शिविर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 12:59:59 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको ४ वटा वडामा वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्याङ्जाले आफ्नो बार्षिक कार्यक्रम अनुसार फेदीखोला गाउँपालिकाको४ वटा वडामा ४ दिनसम्म विषेशज्ञ सहितको वृहत निशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको हो । शिविरमा नाक, कान, घाँटी, छाती, हाडजोर्नी लगायत स्वास्थ्य परिक्षण गरि निशुल्कऔषधी पनि प्रदान गरिएको थियो भने   जटिल रोगको उपचारको लागि आवश्यक परामर्श प्रदान गरिएको थियो । । ४ दिनसम्म चलेको उक्तशिविरमा  ज्येष्ठ नागरिक, बालबालिका सहित १ हजार २ सय  जनाले स्वास्थ परिक्षण गरेका छन ।

स्त्री रोग विशेषज्ञ डाक्टर नारायण ओझा, डा। शंकर रावत, डा।सरिता गुरुङ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा। दिनेश वि।क।, मेडिकल अफिसर डा। प्रतिक गैर्हे, डा। उत्तमलामिछाने तथा डा। नारायण गोदार लगायत विशेषज्ञको टोलीले सहभागीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य नै अमुल्य धन भएकाले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले  बताए । आफ्नै वडामा वृहत स्वास्थ्य शिविर हुँदा तथा स्वास्थ्य परिक्षण गर्न पाउँदा प्रफुल्ल भएको वडावासीले बताए । गाउंपालीकाले ५ ओटा वडामा ६० बर्ष नाघेका ज्येष्ठ नागरिक लाइ  प्रत्येक महिनाको २६ गतेदेखी ३० गतेसम्म आफ्नै घर घरमा सेवा स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved