गाउँमै जाँदैनन् जाजरकोटका प्रतिनिधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 02:23:16 PM मा प्रकाशित

laxmi  sunrise bank

जाजरकोट जील्लाका गाउँपालिकाले सदरमुकाममै कार्यालय सञ्चालन गर्दै आईरहेको छ । गाउँमा कार्यालय भएपनि आवश्यक पूर्वाधारको नहुँदा स्थानिबासी सेवा लिन भने सदरमुकाम नै धाउनुपरेको छ ।  

यहाँका स्थानिय तहले दुई ठाउँमा कार्यालय सञ्चालन गरेरै बर्षेनी बजेट सक्दै अमएको छ । जील्लाका जुनिचाँदे, बारकोटे र कुशेगाउँपालिकामा हाल भवन, सडक, खानेपानी  पूर्वाधार निर्माण भैरहेको छ । तर यी गाउँपालिकाका स्थानिय सेवा लिन भने सदरमुकाम नै पुग्नुपर्ने बाध्यता छ । कुशे गाउँपालिकाले २ करोड ५० लाखको लगानीमा ६ वटा भवन निर्माण गरीसकेको छ । साथै सडक र खानेपानी सेवाको पहुँचमा पुगेको छ, तर स्थानिय भने गाउँपालिकाको सेवा लिन सदरमुकाम खलङ्ग  धाउने गरेका छन् । भौतिक पूर्वाधारको अभाव भन्दै यस गाउँपालिकाले २ वर्ष अघिदेखि सदरमुकामबाटै सेवा सञ्चालन गर्दै आएको छ । 

जुनीचाँदे र बारेकोट गाउँपालिकाले पनि गाउँबाटै सेवा प्रवाह गर्न सकेका छैनन् । कुशे र बारेकोट गाउँपालिकाले बैंकको कारण देखाउँदै खलङ्गबाट सेवा सञ्चालन गर्ने गरेका छन् भने जुनीचाँदेले केन्द्र विवादका कारण देखाउँदै खलङ्गामा कार्यालय राखेका छन् । जुनीचाँदे यसअघि नै सडक सञ्जालमा जोडिएको छ । केन्द्र विवादका कारण भवन निर्माण हुन सकेको छैन । त्यस्तै उक्त गाउँपालिकाका अधिकांश वडाध्यक्ष र वडा सचिवले वडा केन्द्रमा बसेर नियमित सेवा प्रवाह नगर्दा पनि स्थानीय बासिन्दा थप मर्कामा परेका छन् । वडापालिका तथा गाउँपालिका कार्यालयको सेवा सदरमुकामबाटै सञ्चालन हुने गर्दा दुर्गमका सेवाग्राहीलाई सेवा लिन कर्मचारी खोज्दै हैरान हुने गरेको छ । 

स्थानीय तह गठनसँगै परिवर्तनको आशा बोकेका जनता पछिल्लो समय निराश बन्दै गएको कुशे– ५ का रामबहादुर नेपाली बताउछन्   । बीस वर्षदेखि कर्मचारीको झन्झटिलो कार्यशैलीप्रति वाक्क स्थानीयवासी निर्वाचित जनप्रतिनिधिबाट पनि सेवा पाउन सास्ती हुँदा निराश बनेको उनको भनाइ छ  । जनताले मागेको सडक, विद्युत्, खानेपानी, सिँचाइलगायत पूर्वाधार विकास हुनु त परको कुरा सरकारी सेवा प्रवाहमा समेत अलमल छ  रहेको उनि बताउछन् 

सुरक्षा र कर्मचारी अभावमा एक वडा सचिवले चार वटा वडा कार्यालयमा काम गर्नुपर्ने बाध्यता भएकाले गाउँमा गएर काम गर्न नसकिएको बारेकोटका अध्यक्ष महेन्दबहादुर शाहले बताए  । उनका अनुसार विवाह, जन्म, मृत्यु, बसाइँसराइलगायत पञ्जीकरण गर्न स्थायी कर्मचारी हुनुपर्ने प्रावधान छ, अस्थायी तथा करारका कर्मचारीले पञ्जीकरणका काम गर्न मिल्दैन । ती स्थानीय तहका वडा सचिवले पञ्जीकरणका लागि खाली कागजमा हस्ताक्षर गरेर गाउँगाउँमा पठाउने गरेका छन् । जनप्रतिनिधि र कर्मचारी सुविधाभोगी बन्दा अधिकांश स्थानीय तहले खलङ्गामा अघोषित कार्यालय स्थापना गरेको पाइएको स्थानीयवासीको भनाइ छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved