नेपालको विकासमा सहयोग गर्न अमेरिकालाई गृहमन्त्री थापाको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 04:43:52 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेञ्जबीच भेटवार्ता भएको छ । उक्त भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

नेपालको विकास, विपद् व्यवस्थापन, निर्माण लगायत क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगप्रति 

गृहमन्त्री थापाले  धन्यवाद व्यक्त गरे । 

गृहमन्त्री थापाले नेपालको राजनीतिक स्थिरतासँगै आर्थिक विकासको चरणमा प्रवेश गरेको जानकारी दिँदै अमेरिकी सरकारको सहयोगका लागि उपसहायक मन्त्री रेञ्जसँग आग्रह गरेका छन् ।

भेटमा उपसहायकमन्त्री रेञ्जले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप उचाइमा लैजान आवश्यक रहेको बताए ।

उपसहायकमन्त्री रञ्जले अमेरिकी स्वयमसेवी समूह ‘पिसकोर’को प्रवेशाज्ञाको समयावधि थप गर्ने बारे विचार राखेका थिए ।  नेपालको अध्यागमन प्रणालीको स्तरोन्नतिका लागि सहयोग लगायत विषयमा समेत गृहमन्त्री थापासँग छलफल गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved