एसिड प्रहार गरेका भुजेलको बयान: श्रीमती सँगै बस्न नमानेपछि रिस उठ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2019 | 01:37:08 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमान्डौको कालोपुलमा बुधबार राति श्रीमतीलाई एसिड प्रहार गरेको आरोपमा पक्राउ परेका बिष्णु भुजेलले अपराध स्वीकार गरेका छन। श्रीमतीसंगै बस्न नमानेपछि रिसमा एसिड प्रहार गरेको भुजेलले बयानमा बताएका छन। 

मोटरसाइकल ग्यारेजमा काम गर्ने भुजेल र जेनी खड्काको छ वर्षअघि बिहे भएको बयानमा खुल्न आएको छ। उनीहरू दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए। दुई वर्षदेखि खड्काले छोरा पनि आफूसँगै हुर्काइरहेकी थिइन्।

आफुले जति फकाउदा पनि श्रीमती संगै बस्न नमानेपछि अरुसंग सम्बन्ध भएको आशंकामा एसिड प्रहार गरेको भुजेलले बयानमा बताएको अनुसन्धानमा संलग्न प्रहरीको भनाई छ।

एसिड प्रहार भएको केहि समय पश्चात नै भुजेल काँडाघारीको भट्टी पसलमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा पक्राउ परेका हुन। एसिड प्रहारबाट घाइते भएकी जेनी खड्‍कालाई थप उपचारका लागि किर्तिपुर अस्पताल रिफर गरिएको छ । उनलाई उपचारका लागि तत्काल चाबहीलस्थित ओम अस्पताल लगिएको थियो। अहिले थप उपचारका लागि किर्तिपुर अस्पताल लगिएको छ। ती युवतीको अनुहार र शरीको केही भाग जलेको छ ।   

काठमाडौंको कालोपुलमा बुधबार राति युवतीमाथि एसिड प्रहार

युवतीमाथि एसिड प्रहार गर्ने व्यक्ति श्रीमान भएको खुलासा



   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved