कुर्लिए कुलमान, भने-'एकदिन पनि काम रोकिए थुनीदिन्छु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 12:04:41 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिशुली थ्री बी हब सबस्टेसन निर्माणको स्थलगत अनुगमनमा निस्किएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ काम रोकेको भन्दै केहि स्थानीय बासिन्दासंग कुर्लिएका छन।    

केहि दिन देखि सरोकार समितिका नाममा आयोजनास्थलको काम रोकिएपछि घिसिङ बिहीबार आफैं त्यहाँको स्थलगत अनुगमनमा पुगेका थिए।प्राधिकरणले नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ पैह्रेबेसीमा सब स्टेसन निर्माण गरिरहेको छ।

पारी रसुवाको उत्तरगया गाउँपालिका ४ र वारी किस्पाङ गाउँपालिका ५ र बीचमा त्रुशुली नदी। उत्तरगया गाउँपालिका ४ का केही स्थानीयले त्रिशुली नदीको बगरमा पर्खाल बनाउन दुई दिनदेखि अवरोध गर्दै आएका थिए।

पर्खाल बगरमा नभइ अझ माथि लगाउनुपर्ने स्थानीयबासी शिवप्रसाद भट्टराईको नेतृत्वमा गठित सरोकार समितिको माग थियो। तर पर्खाल बगरमै लगाउनु पर्ने नुवाकोटका बासिन्दाको माग छ। परियोजनाले भने नदी कटानले रसुवातर्फको बस्तीमा समस्या नपारोस् भनेर सम्भावित दुर्घटना रोक्न प्रोटेक्सन वाल निर्माण गरिसकेको छ।

तनहुँ हाइड्रोपावर लिमिटेडका सञ्चार विज्ञ सचेन गौतमका अनुसार निर्माणस्थलमा आएका कार्यकारी निर्देशक घिसिङले स्थानीयबासीका माग हेरे, निर्माण क्षेत्रको अनुगमन गरे र आफू आएको थाहा पाएपछि त्यहीँ आइपुगेका सरोकार समितिका सदस्यहरूलाई चेतावनी दिए- कुनै पनि हालतमा काम नरोक्नुस्।

यसअघि पनि उपभोक्ता समितिकै संयोजक भएर परियोजनाको काममा संलग्न भट्टराईले हाल आएर काम रोकेपछि कुलमान निर्देशनात्मक शैलीमा प्रस्तुत भएका हुन्। कुलमानले निर्माणस्थलबाटै नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापालाई फोन गरी प्रहरी लगाएर भएपनि अवरोध हटाउन निर्देशन दिए। गौतमका अनुसार यो सब स्टेसनमा एक वर्षभित्र २०० मेगावाट विद्युत जोड्ने लक्ष्यसहित काम भइरहेको छ।

कुलमान पुगेपछि निर्माणस्थलमा सचेन गौतमले खिँचेकाे भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved