कम तेल दिने पेट्रोल पम्पमा सिलबन्दी

रासस

रासस

May 18, 2019 | 03:11:54 PM मा प्रकाशित

laxmi  sunrise bank

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले सप्तरीको पश्चिमी भेगमा रहेको कम तेल दिने एक पेट्रोलपम्पमा आज सिलबन्दी गरेको छ ।

गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख शम्भुकुमार झाका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा रहेको अबदुल्हा आयल निगम ट्रेडर्समा सिलबन्दी गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय पातोको टोलीद्वारा गरिएको अनुगमनका क्रममा सो पम्पमा रहेको डिजेलमा प्रति पाँच लिटरमा १७० मिली घटी गरी बिक्रीवितरण गरी रहेको पाइएपछि सिलबन्दी गरिएको प्रमुख झाले बताए ।

यसैबीच सिलबन्दी गरिएको पर्म्पलाई नापतौल ऐन २०२५ दफा ३० बमोजिम माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रमुख झाले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved