पाँच दिनभित्र कम्पनी दर्ता गर्न यातायात समितिलाई आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 12:57:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घले  संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गर्न  आग्रह गरेको हो ।

सूचना अनुसार महासङ्घमा आवद्ध यातायात व्यवसायीले शेयर सदस्य लिनुपर्ने हुन्छ । साथै उक्त सदस्यताको प्रमाण यातायात व्यवस्था कार्यालयमा पेश गरी सिफारिश लिएर कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गर्नुपर्ने बताएको छ ।

महासङ्घका महासचिव सरोज सिटौलाले सरकार र महासङ्घबीच भएको सहमतिअनुसार सबै यातायात समितिले कम्पनीमा दर्ता हुनुपर्ने बताए । उनका अनुसार पाँच दिनभित्र कम्पनीमा दर्ता नहुने यातायात समितिको जिम्मा महासङ्घले लिने छैन ।

देशभर चल्ने सार्वजनिक सवारीसाधन यातायात समिति र केही सवारीसाधन कम्पनीमा दर्ता भएर सञ्चालित छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved