होटल याक एण्ड यतिमा पक्राउ परेका भारतीयलाई छुटाउन परिवारको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 01:59:26 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल याक एण्ड यतिबाट पक्राउ परेका भारतीय नागरीकका परिवारले विदेश मन्त्री शुष्म स्वरोजलाई भेट्ने भएका छन । परिवारले सवरोजलाई भेट्दै उनीहरुलाई छुटाउन सहयोग माग्ने भारतिय सञ्चार माध्यमले जनाएको छ । 

परिवारले नयाँ दिल्लीस्थित विदेश मामिला मन्त्रालयका अधिकारीलाई घटनाबारे जानकारी गराएका छन् । परिवारका अनुसार, पक्राउ परेकाहरु नेपालमा तीन दिने व्यवसायिक कार्यशालामा सहभागी हुन गएका थिए ।

गत बैंशाख २७ गते महानगरीय प्रहरी परिसर, काठमाडौं अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलिद्धारा होटल याक एण्ड यतिबाट १२ जना भारतीय पक्राउ परेका थिए । नेपालमा बसेर अवैधानिक रुपमा नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ । 

काठमाण्डौं प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार तीन जनाले महानगरीय प्रहरी परिसरमा एक करोड २३ लाख ठगी भएको भन्दै उजुरी दर्ता गराएका छन् । पक्राउ परेकाहरुको विषयमा विभिन्न क्षेत्रबाट उजुरी आईरहेकोले ठगी र संगठित अपराध मुद्धामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए । 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved