फेसबुकमा नयाँ नियम, जे हेर्न चाह्यो त्यहि हेर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 03:21:18 PM मा प्रकाशित

laxmi  sunrise bank

फेसबुक प्रयोगकर्ताले आफूले हेर्न चाहेका कुरा न्यूजफिडको सबैभन्दा माथि हेर्न पाउने भएका छन् । प्रयोगकर्ताले धेरै हेर्ने लिंक, पोष्टहरुका साथै नजिक रहेका आफन्त साथीभाईलाई समेत न्यूजफिडको सुरुमै हेर्न पाउने भएको हो । 

आफ्ना २ अर्ब ३० करोड प्रयोगकर्ताका लागी सोसल मिडिया प्लाटफर्म फेसबुकले आफ्नो न्यूज फिडमा परिवर्तन गर्दैछ । फेसबुक प्रयोगकर्ताले के हेर्न चाहन्छ ? र कस्तो माध्यामबाट हेर्न चाहन्छ भन्ने पत्ता लगाउन फेसबुकले सर्भे गरेको थियो । उक्त सर्भेको आधारमा दुईवटा अपडेट घोषणा गर्ने तयारी रहेको फेसबुकले एक ब्लग पोष्टमा लेखेको छ । जसमध्ये पहिलोमा प्रयोगकर्ताले धेरै हेर्न र सुन्न चाहने कुनै पनि साथीभाईलाई प्राथमिकता दिनेछ । साथै दोस्रोमा भने प्रयोगकर्ताले धेरै हेर्न चाहने लिङ्कलाई प्राथमिकतामा राखिनेछ । 

प्रयोगकर्ताको फोटो बारम्बार ट्याग गर्ने,एउटै पोष्टमा लगातार लाईक तथा कमेन्ट आउने जस्ता कुरालाई मध्यनजर गर्दै यस अनुसार नजिक भएका साथीभाई, आफन्तर परिवारको पहिचान गर्नेछ । फेसबुकले यी सबै तथ्यलाई आफ्नो एल्गोरिदममा प्रयोग गरी फेसबुकले कुनै पनि प्रयोगकर्ताको न्यूजफिडमा प्राथमिकिकरण गर्दछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved