राजपामा अध्यक्ष मण्डलको व्यवस्था खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 03:24:16 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जनता पार्टीले महाधिवेशनपछि अध्यक्ष मण्डलको प्रावधान हटाउने भएको छ । महाधिवेशन अगाडीसम्म चक्रिय प्रणालीमा अध्यक्ष मण्डल हेरफेर गर्ने पूर्व सम्झौता अनुसार सोमबारदेखी राजपाको अध्यक्ष मण्डलको संयोजक अनिलकुमार झा हुने भएका छन् ।

शुक्रबारदेखि बसेको अध्यक्ष मण्डलको बैठकले महाधिवेशनपछि पनि अध्यक्षमण्डल रहने व्यवस्था हटाएको हो । राजपाले पार्टीको विधानमा भएको व्यवस्था नै हटाएर महाधिवेशन पछि अध्यक्ष मण्डल नरहने व्यवस्था गरेको हो । 

पछिल्लो दुई महिना पार्टीको अध्यक्ष मण्डलको संयोजक शरदसिँह भण्डारी छन् । उनीअघि महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवले संयोजकको जिम्मेवारी सम्हालिसकेका छन् । पार्टी विधानको धारा ३१ (१०) मा पार्टीको महाधिवेशन २ वर्ष भित्र गरिनेछ भनिएकोमा समयावधि बढाएर ३ वर्षभित्र गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, विधानको धारा ७(२) (क) मा वडा समितिका निर्वाचित सदस्य, पदाधिकारी तथा वडाबाट निर्वाचित अन्य ‘डेलिगेट्स’ हरुले सक्रिय सदस्यता लिनु पर्ने व्यवस्था नरहेकोमा अब वडा तहबाट निर्वाचित सदस्य, पदाधिकारी तथा ‘डेलिगेट्स’ हरुले निर्वाचित हुनासाथ पद तथा गोपनीयताको सपथ लिनु अघि सक्रिय सदस्यताको फारम भर्न अनिवार्य गरिएको छ ।

धारा १० (ङ) मा यस अघि कुनै पनि तल्लो तहका निर्वाचित सदस्य, पदाधिकारीहरुलाई माथिल्लो तहमा उम्मेदवारी दिँदा आफ्नो तल्लो तहको पदबाट राजिनामा दिनु पर्ने व्यवस्था थिएन । तर अब राजिनामा दिनु अनिवार्य गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved