बक्यौता रकम असुल्न प्राधिकरणलाई लेखा समितिको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 03:58:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले तत्काल बक्यौता रकम असुली थाल्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले यथासिघ्र बक्यौता उठाउने काम सुरु गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले प्रस्तुत गरेको कार्ययोजना तदारुकताका साथ कार्यान्वय गरी समितिमा नियमित रुपमा प्रगती विवरण बुझाउन पनि समितिले निर्देशन दिएको छ ।  

बैठकले बन्द भएका विदेशी कम्पनीलाई कालोसूचीमा राखी बक्यौता असुलीको कारबाही अघि बढाउन तथा विमानस्थल क्षेत्रमा सम्झौता समाप्त भएर पनि बसेका पसल, पार्किङ क्षेत्रलाई २ महिनाभित्र नयाँ बोलपत्र आह्वान गरी प्रतिष्पर्धाबाट भाडामा लगाउन निर्देशन दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved