काठमाडौँबाट माइक्रोबस हटाईने भएको छ । ट्राफिक प्रहरी महाशाखाले मास ट्रान्सपोर्टेसनको अवधारणा अनुरुप साना सवारी साधन विस्थापन गर्न लागेको हो । महाशाखाले आगामी बर्ष निलो माइक्रो र टेम्पोलाई बिस्थापन गर्ने तयारी थालेको हो ।
रत्नपार्कदेखि नारायणटार, कोटेश्वरदेखि कलङकि, रत्नपार्कदेखि कपन र रत्नपार्कदेखि कलङकि रुटमा चल्ने निलो माइक्रोलाई विस्थापन गर्न लागिएको हो । यात्रुहरुको अत्याधिक चाप र ट्राफिक समस्याको कारण साना सवारी साधन बिस्थापन गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।