बिभिन्न कसुरमा नियम उल्लंघन गर्ने सवारी चालकहरुले अब अनलाइन मार्फत जरिवाना रकम तिर्न सक्ने भएका छन् । ट्राफिक प्रहरी महाशाखाले आगामि आर्थिक बर्ष देखि अनलाइन भुक्तानिको व्यवस्था गर्न लागेको हो ।
महाशाखाले यातायात व्यवस्था विभागसँग समन्वय गरेर इ चलानको ब्यबस्था गर्न लागेको हो । चालकलाई जरिवाना तिर्न बिभिन्न कार्यलयहरु धाउनुपर्ने अबस्थाको अन्त गर्न यो ब्यबस्था गर्न लागिएको महाशाखाले जनाएको छ । यो कार्यको लागि १७ लाख रुपैँया रकम बिनियोजन गरिसकिएको महाशाखाले जनाएकोे छ । इ चलान मार्फत चालकले अनलाइन पेमेन्ट गेट वे (डिजिटल वालेट) बाट जरिवाना रकम भुक्तानि दिन सक्नेछन ।
मापसे गरेर सवारि चलाउने, लेन अनुशासन उल्लंघन लगायतका ट्राफिक नियम उल्लंघन सम्बन्धि लाग्ने जरिवाना चालकहरुले अनलाइन मार्फत तिर्न सक्ने भएका हुन् ।