हावाहुरीले उडाएको विद्यालय बनाउन टानले गर्यो डेढ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 06:04:22 PM मा प्रकाशित

laxmi  sunrise bank

गत चैत्र १७ गतेको हावाहुरीका कारण प्रभावित बारा र पर्सामा पर्यटन व्यवसायीले सहयोग पठाएका छन् । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का कल्याणकारी तथा मानवीय कार्य विभागका संयोजक चन्द्र बहादुर गुरुङको संयोजकत्वमा रहेको समितिले व्यसायीबाट रकम संकलन गरी हस्तान्तरण गरेको हो । 

टान कार्यसमिति र कर्मचारीहरु गरी जम्मा २० जनाले सहयोग गरेका छन् । सहयोग वापत संकलन भएको एक लाख ४४ हजार पाँच सय बाराको कलैया उपमहानगरपालिका १८ स्थित लिटिल एकेडेमिक प्राईमेरी विद्यालयको अस्थाई भवन निर्माणाका लागि सामाजिक संस्था हेड्स नेपालको माध्यमबाट हस्तान्तरण गरिएको टानका मिडिया तथा कम्यूनिकेशन विभागका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved