लोडसेडिङ हट्दा पनि घटेन पेट्रोलियम पदार्थको आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 06:27:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको ब्यापार घाटा १० खर्ब ६१ अर्ब पुगेको छ  । आर्थिक वर्षको ९ महिनाको अवधिमा आयात २१.३ प्रतिशतले बढेर १० खर्ब ६१ अर्ब ६३ करोड  छ  । यस अवधिमा निर्यात १६.९ प्रतिशतले वृद्धि भई ६९ अर्ब ८२ करोड पुग्दा ब्यापार घाटा १० खर्ब ६१ अर्ब भएको हो  ।गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ८.२ प्रतिशतले बढ्दा आयात २०.५ प्रतिशतले बढेको थियो । आयातकामे् तुलनामा निर्यात बढाउन नसक्दा कुल वस्तु व्यापार घाटा २१.६ प्रतिशतले विस्तार भई ९ खर्ब ९१ अर्ब ८१ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात र आयातको अनुपात ६.६ प्रतिशत कायम भएको छ । 

गन्तव्यका आधारमा भारततर्फ २८.९ प्रतिशत र अन्य मुलुकतर्फ ३.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २५.७ प्रतिशतले कमी आएको छ । सोही अवधिा भारतबाट १९.२ प्रतिशत, चीनबाट ३५.३ प्रतिशत र अन्य मुलुकबाट १९.० प्रतिशतले आयात बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.८ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षमा पोलिष्टर यार्न, जस्तापाता, जुटका सामान, जडीबुटी, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, रोजिन लगायतका वस्तुहरुको निर्यात घटेको छ । त्यस्तै आयाता भने पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, विद्युतीय सामग्री लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायतका वस्तुहरुको आयात घटेको छ । आर्थिक वर्षको १० महिनामा करिब १० अर्बको पेट्रोलियम पदार्थको आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।मुलुकमा लोडसेडिङको अन्त्य सँगै पेट्रोलियम पदार्थको आयातमा कमि आउने अपेक्षा सरोकारवालाको थियो । 

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका ठूला भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved