आचरण विपरीत काम गर्ने ५२ प्रहरी कारबाहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 07:00:20 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरी आचरण विपरीत काम गर्ने प्रहरीलाई कारबाही गरेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले बैशाख मसान्तसम्म बिभिन्न किसिमको कसुरमा संलग्न ५२ जना प्रहरीलाई कारबाही गरेको हो । 

कारबाहीमा पर्नेमा एक जना प्रहरी निरीक्षक, ६ जना प्रहरी नायव निरीक्षक, १० जना प्रहरी सहायक निरीक्षक रहेका छन् । प्रहरि हवल्दार ३ जना र प्रहरि जवान ३१ जना पनि कारबाहीमा परेका छन् । कारवाहिमा परेका ४ जना प्रहरीलाई जागिरबाटै हटाइएको छ भने ८ जना प्रहरी निलम्वनमा परेका छन । यस्तै १३ जना प्रहरीको तलब बृद्धि रोक्का, १ जनाको बढुवा रोक्का र १४ जनालाई सचेत गराइएको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved