कर नतिर्ने पप्पुसहित दुई दर्जन कम्पनीलाई एक हप्ते अल्टिमेटम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2019 | 12:08:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निलम्बित सांसद हरिनारायण रौनियारको कम्पनी पप्पु कन्ट्रक्सनसहित २६ कम्पनीलाई कर तिर्न अल्टिमेटम दिएको छ । फोन सम्पर्क, पत्राचार, इमेल गर्दासमेत सम्पर्कमा नआएको भन्दै मध्यमस्तरीय कर कार्यालयले ती कम्पनीहरुलाई ७ दिन भित्र कर तिर्न अल्टिमेट दिएको हो ।

बक्यौता कर दाखिला गर्न र दाखिला भएको भए प्रमाण पेश गर्न कार्यालयले ७ दिनको समयसीमा तोकेको छ । ७ दिनभित्र बक्यौता फरफारक नगरे आयकर ऐन, २०५८ को दफा १०४ देखि ११ सम्मको कुनै प्रक्रिया वा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ (१) बमोजिम बक्यौता रकम असुल उपर गर्ने कार्यालयले जानकारी दिएको छ ।

पप्पुसँगै कर नतिर्नेमा कालिका प्यासिफिक जेभी, सोवर्ण निर्माण सेवा, भैरवी इन्टरप्राइजेज लगायतका रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved