नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट गर्नुहोस् रु १०० पाउनुहोस्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2019 | 03:34:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीका नयाँ ग्राहकहरुका लागि “कनेक्ट गर्नुहोस् रु १०० पाउनुहोस्” अफर ल्याएको छ । यस अफर अन्तर्गत कनेक्ट आइपिएस प्रणालीमा आबद्ध हुने नयाँ ग्राहकले सोही खातामा रु १०० सम्म पाउन सक्नेछन् ।

कनेक्ट आइपिएसको कुनै पनि नयाँ ग्राहकले आफूलाई एकपटक आवद्ध गराई युजर आइडि बनाएपछि मोवाईल र इमेल भेरिफाई गराई रु ३० को लागी योग्य हुन सक्नेछन भने कुनै पनि सदस्य बैंकमा रहेको आफ्नो खातामा उक्त युजर आवद्ध गराई थप रु ७० को लागी योग्य हुन सक्नेछन् । जेष्ठ १ बाट सार्वजनिक भएको यो अफर सिमित अबधिको लागि मात्र लागु हुनेछ ।

हाल यस प्रणाली मार्फत् नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतको सुविधा प्रदान गरिएको छ ।  कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा हाल सम्म ५५ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल सम्म ४७ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् । हाल कनेक्ट आइपिएसमा अनलाईन मार्फत् प्रति कारोबार रु। १ लाख सम्म र मोबाईल एप्स मार्फत् प्रति कारोबार रु। ५ हजार सम्मको भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved