बिजपाटी सम्बाददाता     May 20, 2019 | 06:13:42 PM



भायनेट कम्युनिकेसनले ग्राहकहरुको लागि “भायनेट क्रिकेट वल्र्ड कप मेनिया” नामक नयाँ अफर ल्याएको छ । यही जेठ १६ गतेदेखि संचालन हुने क्रिकेट वल्र्ड कपलाई मध्यनजर गर्दै भायनेटले यो अफर ल्याएको हो ।

यस अफर अन्तर्गत  इन्टरनेट र टिभिको बार्षिक ग्राहक रहेका ग्राहकहरुले  हरेक हप्ता लक्की ड्र मार्फत रु। ६००० क्यास ब्याक र ४३ इन्चको एल जि स्मार्ट एलईडी टि।भि जित्ने मौका प्राप्त गर्नेछन् भने अतिरिक्त स्पिड सहितको इन्टरनेट सेवा पनि प्राप्त गर्नेछन् ।

विगत १९ वर्षदेखि सेवा दिदै आयको भायनेटले आफ्नो सेवा क्षेत्रलाई काठमाडौं बाहिर विस्तार गर्दै  हाल विरगंज, बिराटनगर, बुटवल, भैरहवा, धनगढी, डडेलधुरा, बनेपा, चितवन र हेटौंडामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टि।भि सेवा प्रदान गरेको छ। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7